बेथानचोकको गुम्बाडाँडामा दृश्यावलोकन स्तम्भ निर्माण हुँदै
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २, सोमबार
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ को गुम्बाडाँडामा आन्तरिक तथा बाह््य पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ निर्माण कार्य भइरहेको छ ।
सो गाउँपालिकाको वडा नं। ३, ४ र ५ को सङ्गमस्थलमा पर्ने सो ठाउँबाट विभिन्न हिमालयका दृश्यावलोकन गर्न सकिने र सो गाउँपालिकाको चार वडाको विभिन्न ठाउँसमेत हेर्न सकिने भएकाले गाउँपालिका र वडाको गरी रु २३ लाखको लगानीमा सो स्तम्भ निर्माण भइरहेको ४ नं वडाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकाभित्र प्रसिद्ध कपेर महाङ्काल मन्दिर, बेथान नारायणथानको मन्दिर, थानी महाङ्काल, शिव गुफा, तिलेश्वर महादेव मन्दिर, कामीडाँडा, थामडाँडालगायतका महाभारत शृङ्खला रहेको र पर्यटन प्रवद्र्धनको सम्भावना निकै रहेको कारण पनि पर्यटन प्रवद्र्धनका लागि गुम्बाडाँडामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
अहिले सो ठाउँमा दुई तला ढलान भइसकेको र त्यहाँ जानका लागि सिँढी निर्माण गर्न आवश्यक काम भइरहेको जनाइएको छ । वरिपरि हरियाली अग्लो डाँडा भएको सो स्थानमा स्थानीय समाजसेवीहरुको सक्रियतामा दृश्यावलोकन स्तम्भसँगै पाथीभरा मन्दिरसमेत निर्माण भइरहेको बेथानचोक गाउँपालिकाका प्रेस संयोजक मोहनकृष्ण तिमल्सिनाले बताउनुभयो । सो मन्दिर निर्माणका लागि वडा कार्यालयबाट पाँच लाख रुपैयाँ बजेट सहयोग गरेको ४ नं। वडाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
सो स्थानमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि बेथानचोक–३ मा सामुदायिक घरबास सञ्चालनमा आइसकेको छ । पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउन बेथानचोकको परिचय दिने खालको हाते पुस्तिकासमेत छपाइ गर्ने, होर्डिङबोर्ड ठाउँ÷ठाउँमा राख्ने र पर्यटकहरु कति प्रवेश भए र कति बाहिरिए भन्ने तथ्याङ्क राख्ने कामका लागि प्रक्रिया शुरु भएको गाउँपालिकाका प्रेस संयोजक तिमल्सिनाले बताउनुभयो ।
Categorized in राष्ट्रिय


