बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक
Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २५, शनिबार
काठमाडौं - सरकारले बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ ।
नेपाल सरकारले उनको निधनमा दु:ख व्यक्त गर्दै भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू साथै विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको यस्तो निर्णय गरेको हो ।
'संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ दृतियको ९६ वर्षको उमेरमा २०७९ भदौ २३ गते निधन भएको थियाे ।
स्वर्गीय महारानीको दिगंवत आत्माको चिरशान्तिको कामना गर्दै यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ,' सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
Categorized in राष्ट्रिय

