STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

'बेसार प्यार, काम कहिले सरकार ?'

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ६, शनिबार

काठमाडौं - काठमाडौंको शहीदगेटमा सरकारविरुद्ध युवाहरुले सडकमै सुतेर प्रदर्शन गरेका छन्। शनिबार बिहान राष्ट्रिय झण्डासहित स्वतस्फूर्त रुपमा उत्रिएका युवा प्लेकार्डसहित सडकमा सुतेर विरोध जनाएका हुन्। सरकारले जनताका पीडा नबुझेको, कोरोना संकटमासमेत सरकार भ्रष्टाचारमा लिप्त भएको, स्वास्थ्य सामग्री खरिदमा भएका भ्रष्टाचारका ठूलठूला तथ्य सार्वजनिक गर्दा पनि सरकार चुपचाप बसेको, आरडीटी मात्र परीक्षण गरेर जनतालाई क्वारेन्टाइनमै ज्यान गुमाउन बाध्य बनाएर सरकार चुपचाप बसेको भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन्। युवाहरुले प्लेकार्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारबारे दिएको अभिव्यक्तिलाई व्यङ्य गर्दै 'बेसार प्यार, काम कहिले सरकार ?' भन्दै प्रदर्शनमा निस्केका थिए।
Categorized in राजनीति