बोरिङ खन्दा लेदो माटोको फोहोरा
Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ३, मंगलबार
काठमाडौं - जोरपाटीमा बोरिङ खन्ने क्रममा लेदो माटो र पानीको फोहोरा निस्किएको छ। लेदो माटोसहितको पानीको फोहोरा घरभन्दा निकै माथिसम्म पुगेको प्रहरी वृत्त बौद्धले जनाएको छ।
सोमबार बिहान १० बजेबाट निस्किएको फोहोरा हालसम्म रोकिएको छैन। प्रहरीका अनुसार सो ठाउँबाट ग्यास निस्किएको आशंकाले उक्त क्षेत्रमा आगो नबाल्न आग्रह गरिएको छ।
यसको बारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको बताइएको छ।
Categorized in उपत्यका

