STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भक्तपुरका सहित ९ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ९, शुक्रबार

काठमाडौं । भक्तपुर जिल्लाका एकजनामा सहित थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । शुक्रबार राति भक्तपुरको भक्तपुर नगरपालिका–९ मा ४२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी, बारा, सप्तरी, र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै, सप्तरीको बलान(बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा उपमहानगरपालिका(३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।
Categorized in राष्ट्रिय