STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भक्तपुरमा महिला क्षमता अभिवृद्धि तालिम

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ पौष ८, शुक्रबार

भक्तपुरको टिगनीमा महिला तथा बेरोजगार युवाहरु लक्षित क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । 

मध्यपुर थिमि नगरपालिका वडा नं. ९ संगको संयुक्त प्रयासमा श्री नीलबाराही महिला समुहले १५ दिने तालिम सञ्चालन आरम्भ गरेको हो ।

तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले स्थानिय महिला तथा युवाको लागि सीप, क्षमता र दक्षता अभिवृद्धि गराउने कार्यक्रम आवश्यक रहेको जनाए । 

त्यस्तै, वडा नं. ९ का वडाध्यक्ष सानुकाजी राजबाहकले लक्षित वर्ग पहिचान गरी सञ्चालन भइरहेको तालिमले ठोस उपलब्धि हुने विश्वास व्यक्त गरे । उद्घोषण, सिलसिला मिलाएर बोल्ने शैली, नेतृत्व विकास, संस्थागत संरचना र उद्यमशीलता विकास लगायतका शिर्षक रहेको तालिमबाट महिलाहरुले पारिवारिक र सामाजिक नेतृत्व गर्ने क्षमतामा सुधार ल्याउने बताए ।

संयोजक रेणु श्रेष्ठले बताए अनुसार तालिम कार्यक्रममा ३० जना मात्र समेट्ने भनेकोमा कार्यक्रमप्रति यति धेरै आकर्षण रह्यो कि पचास भन्दा बढी सहभागीहरु उत्साही भएर दैनिक रुपमा सहभागि हुँदै आइरहेका छन् । 

 मुख्य स्रोत व्यक्ति सञ्चारकर्मी केके मानन्धर, उद्यमशीलतर्फका प्रशिक्षक सुमिना मानन्धर तथा लक्ष्मी श्रेष्ठ तालिम कार्यक्रममा सहजीकरणको भूमिकामा छन् । बोडेदेखि नीलबाराही जाने बाटोमा पर्ने नीलकण्ठेश्वर मन्दिरको सभाहलमा पुस १ देखि सञ्चालन भइरहेको तालिम कार्यक्रम पुस १५ गते समापन हुने भएको छ ।

Categorized in उपत्यका