भक्तपुर दुर्घटनामा दुईकाे मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १, सोमबार
काठमाडाैं - भक्तपुरमा भएकाे दुई फरक–फरक सडक दुर्घटनामा दुईजनाकाे मृत्यु भएकाे छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार विहिबार करिब १ बजे मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडेमा बा ५ ख ४३११ नं.को पानीको ट्याङ्कर र बा ९२ प ७०७७ नं.को स्कुटी एक आफसमा ठोक्किँदा दुर्घटना भएको थियो । सो घटनामा परेर स्कुटी पछाडी सवार काठमाडौ कागेश्वरी मनोहरा बस्ने ४५ वर्षकी लक्ष्मी कार्की गम्भीर घाइते भएका थिए । घाइते कार्कीकाे आईतबार राती ८ बजे मृत्यु भएको हो ।
उनकाे नेपाल कोरिया मैत्री अस्पताल ठिमी र पछि अन्नपुर्ण न्युरो अस्पताल रिफर भई उपचार भईरहेको थियाे ।
ठक्कर दिने ट्याङ्करका चालक रामेछाप जिल्ला मन्थली ३ घर भई हाल भक्तपुर बस्ने ४१ वर्षका राजकुमार खत्रीलाई महानगरीय प्रहरी वृत ठिमी भक्तपुरले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
त्यसैगरि आइतबार साँझ भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक भत्केकोपाटीमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
खरिपाटीबाट कमलविनायकतर्फ आउँदै गरेको बा ९५ प १४५५ नं को मोटरसाइकल आफै अनियन्त्रीत भई सडकको नालीमा खस्न गई दुर्घटना भएको हो । सो दुर्घटनामा परेर भक्तपुर न.पा. १० कमलविनायक बस्ने वर्ष १७ को रन्जित माहाजुको उपचारको क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा गए राती नै मृत्यु भएको हो ।
उक्त मोटरसाइकल महानगरीय ट्राफिक प्रहरी प्रभाग कमलविनायकको नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।
Categorized in अपराध-दुर्घटना