STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भब्सी खोलामा बेलिब्रिज निर्माण , यातायात सञ्चालन

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १९, आइतबार

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको भब्सी खोलामा बेलिब्रिज निर्माणकार्य सम्पन्न भएपछि गए रातिदेखि यातायात सञ्चालन भएको छ । असार २८ गते आएको भीषण बाढीले भब्सी पुल बगाएपछि पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भब्सी खोलाको पुलमा यातायात अवरुद्ध हुँदै आएको थियो । पुल बगाएपछि खोलामै डाइभर्सन भएर वा २५÷३० किलोमिटर टाढाबाट घुमेर जङ्गलको बाटो हुँदै यातायात सञ्चालन हुँदै आएको थियो भने बाढी आएको बेला पटक–पटक डाईभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध हुँदै आएकामा गए राति सो खोलामा ४८।८ मिटर लामो बेलिब्रिज निर्माणकार्य सम्पन्न भएको र यातायात सेवा पनि सञ्चालन भएको सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख विनोदकुमार मौवारले बताउनुभयो । उनका अनुसार सो बेलिब्रिजको क्षमता ९८ टन बोक्ने रहे पनि त्यसमाथिबाट अहिले एक पटकमा ३५ टन बोकेका यातायातका साधनलाई मात्रै इजाजत दिइएको हो ।
Categorized in राष्ट्रिय