STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भाजपाका वरिष्ट नेता मनोहर पर्रिकरको निधन

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ४, सोमबार

भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनोहरको निधन भएको जानकारी दिनुभएको हो । उहाँ लामो समयदेखि पेटको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । पर्रिकरको निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शोक व्यक्त गर्नुभएको छ । भाजपाका नेता मनोहर केही समय भारतको रक्षामन्त्री पनि बन्नुभएको थियो । तर गोवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर गोवाको मुख्यमन्त्री बन्नुभएको थियो । उहाँ गोवामा लामो समयदेखि मुख्यमन्त्री पदमा रहनुभएको छ । उहाँलाइ स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ।
Categorized in अन्तर्राष्ट्रिय