STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भाद्र १ गते सुनाकोठी भिमसेन जात्रा

Janjati Khabar – Janjati Khabar | २०८२ श्रावण २४, शनिबार

ललितपुर :  विश्वकै सबैभन्दा अग्लो आराध्यदेव भीमसेनको मूर्तिको आठौं स्थापना दिवस तथा ‘भिं द्यो पूजा’ यही भदौ १ गते आइतबार भव्य रूपमा मनाइने भएको छ । सुनाकोठी क्षेत्रमा निर्मित यो भिमसेन को मुर्ति अहिले सम्म उपलब्ध जानकारी सम्भवतः यो नै पहिलो हो भन्ने देखिन्छ ।

कार्यक्रमका आयोजक सुनाकोठी समाजका अध्यक्ष विनोद डङ्गोलका अनुसार, “भीमसेन जात्रालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइनेछ।” उनका अनुसार मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको करिब ६० टन तौल भएको सिङ्गो ढुङ्गाबाट धेरै मेहनतपछि यो मूर्ति निर्माण गरिएको हो।

स्थापना दिवसको अवसरमा भव्य तामझामका साथ विविध धार्मिक र सांस्कृतिक कार्यक्रमको आयोजना गरिने तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका सदस्य रुपेश डङ्गोलले जानकारी दिए। गायकसमेत रहेका डङ्गोलले थुप्रै गीत–संगीतमा आवाज दिइसकेका छन्।

स्थानीयबासी, भक्तजन र पर्यटकहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको यो कार्यक्रममार्फत सुनाकोठीलाई सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिएको आयोजकहरूले बताएका छन्।

Categorized in उपत्यका