STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र ९, आइतबार

काठमाडौं- भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरू सवार बस दुर्घटना भएको छ। दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन्।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारतका विभिन्न अनलाइनहरूले लेखेका समाचार अनुसार दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन्। एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ। घाइतेहरूको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ।

सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ। ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

घाइतेहरू नेपालको बारा जिल्ला निवासी हुन्। उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले भने घटनाबारे आफूलाई जानकारी नभएको बताए।

Categorized in अपराध-दुर्घटना