STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतमा तेस्रो चरणको चुनाव आज, बिहानैदेखि मतदान शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १०, मंगलबार

भारतको तल्लो सदन लोकसभाका लागि तेस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार १४ राज्य र एउटा केन्द्र शासित राज्यमा ११६ स्थानका लागि मङ्गलबार मतदान हुँदैछ । आजको चुनावबाट भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतीय राष्ट्रिय कङ्ग्रेसका अध्यक्ष राहुल गान्धी, धेरै जना भारतीय केन्द्रीय मन्त्रीहरुका साथै युवानेता हार्दिक पटेलको भाग्यको फैसला हुनेछ । सन् २०१४ को आमनिर्वाचनमा यी क्षेत्रबाट भारतीय जनता पार्टी र यसको गठबन्धनले ६६ स्थान जितेको थियो भने कङ्ग्रेस र यसको गठबन्धनमा रहेका दलहरुले २७ स्थानमा मात्र विजयी भएका थिए । आजको चुनावमा गुजरात ९२६० र केरला ९२०० राज्यका सबै स्थानका लागि चुनाव हुनेछ । यससँगै असमका चार, बिहारका पाँच, छत्तीसगढका ११, कर्नाटक र महाराष्ट्रका १४–१४, उडिसाका छ, उत्तर प्रदेशका १०, पश्चिम बंगालका पाँच, गोवाका दुई, दादरा र नगर हवेली, दामन र डिउ तथा त्रिपुराका १–१ स्थानमा चुनाव हुँदैछ । तेस्रो चरणको यस चुनावमा करिब १८ करोड ५६ लाख मतदाता रहेका छन् । भारतीय निर्वाचन आयोगले चुनावका लागि २ लाख १० हजार मतदान केन्द्रको व्यवस्था गरेको छ । यो चुनावसँगै दक्षिणी भारतीय राज्यहरुको चुनाव सम्पन्न हुनेछ । उत्तर प्रदेशमा आजको चुनावले समाजवादी पार्टीका नेता एवं पूर्व मुख्यमन्त्री मुलायमसिंह यादव सहित परिवारका चार सदस्यका साथै वरिष्ट पार्टी नेता आजम खान तथा नायिका एवं भाजपा नेतृ जया प्रदाको भाग्यको फैसला गर्नेछ । भाजपाले सन् २०१४ को चुनावमा यहाँका १० स्थानमध्ये सात स्थान जितेको थियो भने समाजवादी पार्टीले तीन स्थानमात्र जित्न सफल भएको थियो । निर्वाचन आयोगका अनुसार, अप्रिल ११ मा भएको पहिलो चरणको चुनावमा ६९।४३ प्रतिशत मतदान भएको थियो । उक्त चुनाव १८ वटा राज्य एवं दुईवटा केन्द्र शासित प्रदेशमा ९१ स्थानका लागि भएको थियो । यस्तै गत अप्रिल १८ मा भएको दोस्रो चरणको निर्वाचनमा ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा गरी ९५ स्थानका लागि मतदान भएको थियो । सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।
Categorized in अन्तर्राष्ट्रिय