STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतमा दुई साता लकडाउन लम्बियो

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १९, शुक्रबार

काठमाडौं (एजेन्सी) – कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि भारतमा लगाइएको लकडाउन थप दुई साताको लागि लम्ब्याइएको छ । भारत सरकारले मे १७ सम्मको लागि लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो । कोरोना जोखिमको उच्च खतरा रहेका ‘रेड जोन’मा रहेका १३० जिल्लामा भने लम्ब्याइएको लकडाउनको अवधिमा कुनै छुट नहुने पनि मन्त्रालयले जनाएको छ । यसबाहे ‘अरेन्ज जोन’ र ‘ग्रीन जोन’मा रहेका जिल्लाहरुलाई भने केही छुट दिइनेछ । दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता क्षेत्र ‘रेड जोन’ मा परेका छन् । साथै उत्तर प्रदेशको १९ जिल्लालाई पनि ‘रेड जोन’ घोषणा गरिएको छ । २८४ ‘अरेन्ज जोन’मा परेका जिल्लामा पनि ‘रेड जोन’मा जस्तै लकडाउन रहनेछ । तर, यी क्षेत्रमा छुट्याइएको ‘हटस्पट’ बाहिरको क्षेत्रमा भने लकडाउनमा केही छूट हुनेछ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ ३५ हजार भन्दा बढीमा नोवल कोरोना भाइरस संक्रमण देखिएको छ । उनीहरू मध्ये ९ हजार जना निको भइसकेका छन् भने एक हजार १५२ जनाको ज्यान गएको छ ।
Categorized in अन्तर्राष्ट्रिय