भारतीय दुतावासअघि प्रदर्शन गर्नखोज्ने विद्यार्थी प्रहरी नियन्त्रणमा
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २७, शनिबार
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का २० जनालाई भारतीय दुतावासअघि प्रदर्शन गर्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा विद्यार्थी संघले भारतीय दूताबास अगाडि प्रदर्शन गर्न खोजेका थिए । तर प्रहरीले विद्यार्थीहरु उत्तर ढोकामा जम्मा हुनासाथ नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका विद्यार्थीहरुलाई पुलिस क्लबमा राखिएकाे छ ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले शुक्रबार मात्र धार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरेका थिए । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि भारतले उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडकमार्ग खोलेको हो ।
तस्बिर साैजन्य उत्तर खड्काकाे फेसबुकबाट
Categorized in राष्ट्रिय