STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतीय प्रधानसेनापति नेपाल भ्रमणमा आउने

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २८, बुधबार

काठमाडाैं – भारतीय प्रधानसेनापति मनाेज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् । आगामी नाेभेम्बरमा उनी नेपाल आउने नेपाली सेनाले जनाएकाे छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् ।

गत ३ फेब्रुअरी २०२० मा मन्त्रिपरिषद्को बैठकले उनलाई नेपाल भ्रमणको निम्तो दिने निर्णय गरेकाे थियाे । तर, काेराेनाका कारण उनकाे भ्रमण राेकिएकाे थियाे । 

लिम्पियाधुरासम्मकाे भूभागलाई लिएर नेपाल र भारतबीचकाे सीमा विवाद सुल्झिन नसकिरहेका बेला भारतीय सेना प्रमुखकाे भ्रमण हुने लागेकाे हाे । 

Categorized in राजनीति