STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतीय राजनीतिज्ञ जशवन्त सिंहको निधन

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ११, आइतबार

काठमाडौं – भारतका प्रभावशाली राजनीतिज्ञ जशवन्त सिंहको निधन भएको छ । भारतीय जनता पार्टीलाई बलियो राजनीतिक शक्तिका रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका सिंहको ८२ वर्षको उमेरमा निधन भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै राजनीति र समाजबारे सिहंका विचारहरु सधैं स्मरणमा रहने भन्दै उनीसँगका हरेक छलफल स्मरणमा राख्ने बताएका छन् । उनले सिंहको निधनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।  अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा जशवन्त सिंह विदेश, रक्षा र वित्तजस्ता तीनवटै महत्वपूर्ण मन्त्रालयका जिम्मेवारी सम्हालेका थिए । सन् २०१२ मा भाजपाले उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो । तर उनी युपीएका हामिद अन्सारीसँग पराजित भएका थिए । आफ्नो किताबमा मोहम्मद अली जिन्नाको प्रशंशा गरेपछि उनलाई भाजपाले पार्टीबाट निश्कासन गरेको थियो । सन् २०१० मा उनी पुनः पार्टीमा फर्किए ।  
Categorized in अन्तर्राष्ट्रिय