STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारतीय संसदमा हंगामा, ८ सांसदहरु निलम्बनमा

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ५, सोमबार

एजेन्सी – भारतको राज्यसभाका ८ विपक्षी सांसदहरु एक साताका लागि निलम्बनमा परेका छन्। आइतवार एग्रिकल्चर रिफर्म बिल माथिको छलफलको क्रममा भएको विवादपछि संसदमा हंगामा भएको थियो। सांसद बैठकको अवधि विधेयक पारित गर्नकै लागि बढाएपछि विपक्षी सांसदले संसदका उपसभापति हरिवंशविरुद्ध नाराबाजी गरेका थिए भने उपसभापतिको आसननजिकै गएर रुक बुक च्यातेर माइक पनि तोडफोड गरेका थिए। परिस्थितिलाई नियन्त्रणमा लिन मार्शल बोलाउनु परेको थियो। विपक्षी सांसदहरु देरेक ओ ब्राइन, के के रागेस, डोला सेन, सैयद नजिर हुसैन, संजय सिंह, राजिभ सत्ताभ, रिपुन बोरा र अल्माराम करिमलाई एक साताका लागि निलम्बन गरिएको हो। राज्यसभाका अध्यक्ष एम बैंकैया नायडुले अभद्र व्यवहार गरेको भन्दै निलम्बन गरिएको बताएका छन्। संसदीय मामिला मन्त्री भी मुरलीधरनले संसदको चालु अधिवेशनलाई अगाडि बढाउन अभद्र व्यवहार गर्ने सांसदलाई निलम्बन गर्नुपर्ने सूचना सदनमा लिएका थिए। सदनले उक्त सूचनालाई पास गरेको हो।
Categorized in अन्तर्राष्ट्रिय