STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारत निर्वाचनको लागि नेपाल–भारत सीमा ८ दिन बन्द रहने

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २३, आइतबार

काठमाडौं - छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी  नेपाल–भारत सीमानाका ८ दिन बन्द गरिने भएको छ। 

विहारको मधुवनी जिल्लामा वैशाख २५ गते र जेठ ७ गते गरी दुई चरणमा निर्वाचन हुँदैछ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यरातिदेखि २५ वैशाखसम्म सीमानाका बन्द रहने  छ। 

त्यसैगरी दोस्रो चरणको निर्वाचनका लागि ४ जेठ मध्यरातिदेखि ७ जेठ मध्यरातसम्म बन्द हुने छ।

करिब दुई महिनाअघि विहारको मधुवनीमा सम्पन्न नेपाल–भारतका सुरक्षा अधिकारीहरूको बैठकको निर्णयानुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टी र माडरनाका बन्द गरिने सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताए। 

Categorized in राष्ट्रिय