STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारत निर्वाचन : अब ७६ सिटको परिणाम आउन बाँकी, भाजपाले जित्यो २१६ सिट

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २३, बुधबार

काठमाडौं - भारतीय लोकसभा निर्वाचन–२०२४ को मतपरिणाम आउनेक्रम जारी रहेको छ ।

नेपाली समयअनुसार मंगलबार राति १०:५० बजेसम्म ४६७ सिटको मत परिणाम सार्वजनिक भएको छ । अब ७६ सिटको मतपरिणाम मात्र आउन बाँकी छ ।

कुल ५४३ सिटका लागि भएको निर्वाचनको मतगणना मंगलबार बिहानबाट सुरु गरिएको थियो ।

भारतीय निर्वाचन आयोगका अनुसार अहिलेसम्म सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २१६ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ८४ सिट जित हात पारेको छ ।

यसैगरी समाजवादी पार्टीले ३५ र अल इन्डिया तृणमुल कांग्रेस २७ सिटमा जित निकालेका छन् । द्रविड मुन्नेत्र कजगमले १३ सिट तथा जनता दल (एकीकृत)ले १२ सिट जितेको छ ।

Categorized in अन्तर्राष्ट्रिय