STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भारत र मलेसियाको राजदूत नियुक्त

Janjati Khabar – Janjati Khabar | २०८१ पौष ३, बुधबार

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् ।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उनीहरूलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

Categorized in राजनीति