STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भावी ३ प्रधानमन्त्रीमध्ये बालेन जिततर्फ, ओली र गगन पछाडि नै

Janjati Khabar – Janjati Khabar | २०८२ फाल्गुण २२, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले झापा–५ मा मतगणनाको प्रारम्भमै अग्रता बढाएका छन्।

उनको मत पाँच हजार २५४ पुगेको छ भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक हजार २४८ मत पाएका छन्।

श्रम संस्कृति पार्टीका समिर तामाङले ३२५ मत पाएका छन् र अन्य उम्मेदवारहरूले दुई अंकको योगफल जोड्न सकेका छैनन्।

२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ मा अग्रता बढाउँदै लगेका छन् । मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर बढाउँदै लगेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार बालेनको मत पाँच हजार २५४ पुगेको छ ।

उनलाई ओलीले एक हजार २४८ मतका साथ पच्छ्याइ रहेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ३२५ मतका साथ तेस्रो स्थनामा छन् ।

यहाँ नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १८५ र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १२९ मत पाएका छन् ।

 

अमरेशभन्दा पछि परे गगन थापा

प्रतिनिधि सभा निर्वाचनको हट स्पट मानिएको सर्लाही क्षेत्र नम्बर ४को प्रारम्भिक मतगणनामा कांग्रेस सभापति गगन कुमार थापा रास्वपा उम्मेदवार अमरेश कुमार सिंहभन्दा पछि परेका छन् ।

अमरेशले १ हजार २३९ मत पाउँदा थापाले ७६८ मत पाएका छन् ।

जनमतका राकेश मिश्राले २५०, नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादवले १९९ र नेकपा उम्मेदवार डा रजनिश रायले १८ मत पाएका छन् । जसपाका रामेश्वर राय यादवले २ मत पाएका छन् ।

बिहान १० बजेदेखि मतगणना सुरु भए पनि पहिलोपटक औपचारिक रुपमा प्रारम्भिक मत सार्वजनिक भएको हो ।

गोडैताको श्री वेणी भोला नमूना माविमा मतगणना भइरहेको छ ।

Categorized in राजनीति