STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भिंतुना र्‌याली र भिंतुना सभामा उपस्थित हुन सार्वजनिक आह्वान

Janjati Khabar – Janjati Khabar | २०७८ कार्तिक १६, मंगलबार

न्हूदँ नववर्षको सम्पूर्ण कार्यक्रम सार्वजनिक

काठमाडौं – २०७८ कार्तिक १५, सोमबार– नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४२ को आयोजनामा सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी न्हूदँ नववर्षका सम्पूर्ण कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।

समारोह समितिका अध्यक्ष निरञ्जनरत्न शाक्यले नववर्ष ११४२ को उपलक्ष्यमा काठमाडौंको बसन्तपुरमा हुने भिंतुना र्‌याली र र्‌यालीपछि हुने सभामा सहभागी हुन सबैमा आह्वान पनि गर्नुभएको छ ।

समितिका अध्यक्ष शाक्यले पत्रकार सम्मेलनमा एक प्रेस विज्ञप्ति जारी गर्दै नववर्षको उपलक्ष्यमा हुने विविध कार्यक्रमहरुबारे जानकारी दिनुभएको थियो । विज्ञप्तिमा यस वर्षदेखि शंखधर दिवस काठमाडौंको लखुतीर्थलगायत शंखधर पार्कमा पनि गरिने, नेपाल संवत्को लागि आर्थिक कोषको व्यवस्था गरिने र नेपाल संवत् विषय प्रशिक्षण कार्यक्रमहरु दिइने जानकारी सो पत्रकार सम्मेलनमा दिइएको थियो ।

समारोह समितिको संचार उपसमितिको आयोजनामा सम्पन्न पत्रकार सम्मेलनलाई पत्रकार नृपेन्द्रलाल श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने धन्यवाद ज्ञापन सुजीव वज्राचार्यले दिनुभएको थियो ।

 

Categorized in उपत्यका