STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भिक्षुसङ्घलाई सामूहिक सङ्घदान

Janjati Khabar – Janjati Khabar | २०८१ फाल्गुण ४, आइतबार

काठमाडौँ - स्वयम्भूस्थित आनन्दकुटी विहारमा आज भिक्षुसङ्घलाई सामूहिक सङ्घदान गरिएको छ ।  उदाय् समाजको संयाजकत्वमा भएको कार्यक्रममा तीन सय ५० जना भिक्षु, भिक्षुणी तथा अनगारिकाहरुलाई सामूहिक दान गरिएको थियो ।

समाजद्वारा आयोजित यो चौथो सङ्घदान  हो ।  यसपटकको सङ्घदानमा समाजमा आबद्ध नरहेका व्यक्ति तथा संस्थालाई पनि दान दिइएको थियो ।

सङ्घदान अघि आनन्दकुटी विहारका प्रमुखभिक्षु धर्ममूर्ति महास्थवीरले बुद्धधर्ममा दानको महिमाबारे प्रवचन दिँदै श्रद्धापूर्वक गरिएको दानले आशा नगरेकै भए पनि दातालाई पुण्य प्राप्त हुने बताए । 

Categorized in राष्ट्रिय