भित्री सहरका लागि काठमाडौं महानगरले किन्यो तीनवटा दमकल
Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ४, बुधबार
काठमाडौं - काठमाडौं महानगरपालिकाभित्रका भित्री सहरका लागि उपयोगी ३ वटा दमकल ल्याएको छ ।
काठमाडौं महानगरको विपद व्यवस्थापन विभागले १० फुटको भित्री बाटोमा पनि जानसक्ने खालको दमकलहरु ल्याएको हो ।
एक वर्षअघि नै टेन्डर गरेर इन्डोनेसियाबाट ल्याउने गरी खरिद सम्झौता भएको थियो । तत्कालीन मेयर विद्यासुन्दर शाक्यले करिब २ करोड लागतमा यी दमकलहरु किन्ने निर्णय गरेका थिए ।
विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान शाक्यका अनुसार ३ हजार लिटर क्षमताका यी दमकलले ६० मिटरसम्म पानीको फोहोर फाल्न सक्छ ।
‘अहिले हामीले ३० मिटर परसम्म मात्रै फोहोरा हान्ने दमकल प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘यो अहिले प्रयोगमा रहेकोभन्दा सानो आकारको हो ।’
यी ३ वटा दकमल न्युरोड, बालाजु र रामहिटीको दमकल स्टेसनमा राखिने भएको छ । महानगरले यो वर्ष थप १२ करोड रुपैयाँ दमकल किन्न छुट्याएको छ ।
Categorized in उपत्यका

