भुवन के सी र साम्राज्ञी बीचको विवादबारे जारी गरे कलाकार संघले विज्ञप्ति
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १८, बिहिबार
विजयरत्न असंबरे
हालैका दिनहरुमा अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहको सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ भने नायिका साम्राज्ञीले गएको शुक्रवार इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै फिल्मको सुटिङ सेटमा तीन ब्यानरका व्यक्तिहरुले नराम्रो व्यवहार गरेको आरोप लगाएकि थिइन् । उनले आफूप्रति लक्षित गरेर बयान दिएको भन्दै निर्माता तथा अभिनेता भुवन केसीले फेसबुकमा स्टाटस लेखेर ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै जवाफ फर्काइसकेका छन् भने उनको जवाफको प्रतिउत्तरमा साम्राज्ञीले जापानमा आफूमाथि दुर्व्यवहार गरेको भन्दै अर्को भिडियो सार्वजनिक गरिन् । यसपछि सतहमा आएको भुवन केसी र साम्राज्ञी आरएल शाहको विवादले अब नयाँ मोड लिएको छ । अभिनेता केसीले चलचित्र कलाकार संघमा सत्यतथ्य छानविनको माग गर्दै निवेदन पेश गरेका छन् । उनले बिहीवार संघको कार्यालय पुगेर निवेदन दिएका हुन् । उनले संघमा दिएको निवेदनमा लेखिएको छ, ‘म विगत ४ दशकदेखि अभिनय र निर्माणको काममा नियमित छु । यसबीचमा धेरै चलचित्रकर्मीसँग मैले काम गरेँ । साम्राज्ञीलाई पनि मैले चलचित्रको मुख्य भूमिकामा काम गराएको छु । आजभन्दा ५/६ वर्ष अगाडि निर्माण गरेको चलचित्र ‘ड्रिम्स’ मा मैले कुनै किसिमको दुर्व्यवहार गरेको छैन । यो कुरा त्यतिबेला काम गर्ने चलचित्रकर्मीलाई सोध्दा पनि थाहा हुन्छ ।’ अभिनेता , निर्माता एवं निर्देशक भुवन के सीको निवेदन परे पछी संघले एउटा प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् कि केही दिन यता सामाजिक संन्जालमा नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारहरुको सम्बन्धमा विभिन्न कुराहरु आएको र कलाकार स्वयं पनि विभिन्न आरोप प्रत्यारोपमा संलग्न देखिएकाले नेपाल चलचित्र कलाकार संघको ध्यान आकृष्ट भएको छ । संघको विज्ञप्तिमा लेखिएको छ कि नेपाल चलचित्र कलाकार संघ चलचित्र कलाकारहरुको वर्गिय हक हितका साथै चलचित्रको संरक्षण सम्बर्द्दनमा स्थापना भएको संस्था हो भने आफ्नो स्थापना कालदेखि नै कलाकारकहरुको उत्थान, हित र चलचित्रको प्रबर्द्दनमा क्रियाशिल छ र संघको जानकारीमा आएका र निवेदन परेका कलाकारका विभिन्न समस्यालाई संघले संवोधन गर्दै सामाधान गर्दै आइरहेको छ भनि उल्लेख गरेको छ । हाल केही चलचित्र कलाकारहरुको आपसी विवाद र आक्षेप संन्र्दभमा पनि संघले प्रचारमा आएका सबै कलाकारहरु संग सम्पर्क गरेको छ भने उनीहरुलाई वार्ताद्वारा समस्या समाधान गर्न आव्हान पनि गरेको छ भन्दै कतिपय कलाकारले संघको कार्यालयमा आएर जानकारी पनि गराउनु भएको छ भनि उल्लेख गर्दै वर्तमानमा निस्किएका आक्षेप एवं समस्या पटाक्षेप र समाधान गर्न संघ क्रियाशिल रहेको कुरा पनि विज्ञप्ति मार्फत जानकारी गराइएको छ । लकडाउन वा अरु विभिन्न कारणबाट उत्पन्न समस्या एवं पारिश्रमिकका कुरा लगायतका अन्य विवादहरुबारे संघलाई जानकारी गराइएमा संघ समाधान तर्फ सदैव क्रियाहिल रहनेछ भनि संघका अध्यक्ष रबिन्द्र खड्काद्वारा हस्ताक्षर गरी जारी गरिइको विज्ञप्तिमा जनाइएको छ ।
भुवन केसीको पत्र
नेपाल चलचित्र कलाकार संघको विज्ञप्ति
Categorized in सिनेमा


