भुवन चैत्यबसुन्धरा फाउण्डेशनद्वारा पुरस्कारहरुको घोषणा
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २१, आइतबार
विजयरत्न असंबरे
भुवन चैत्यबसुन्धरा फाउण्डेशनद्वारा पुरस्कारहरु प्रदान गर्ने घोषणा गरेको छ । भुवन चैत्यबसुन्धरा फाउण्डेशनकोआषाढ २० गतेफाउण्डेशनकी अध्यक्षश्रीमती बसुन्धराभुसालको अध्यक्षतामाबसेको कार्यसमितिकोबैठकले यस वर्षको पुरस्कार विभिन्न श्रष्टा एवं सर्जकलाई प्रदान गर्नेनिर्णय गरेको कुरा एक प्रेस विज्ञप्ति मार्फत घोषणा गरेको हो । विज्ञप्तिमा जनाइए अनुसार नेपाली रंगमञ्चतथा चलचित्रक्षेत्रमा ६ दशकभन्दा बढी समयदेखि कार्यरत विशिष्ट नृत्यनिर्देशक श्री भैरवबहादुर थापालाई हरिश भुवनचन्दपुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी चैत्यदेवी सिंह पुरस्कार ४ दशक भन्दाबढी समय देखि रंगमञ्च, चलचित्र तथा सामाजिक सेवामा सकृय रहनुभएका विशिष्ट हाँस्य अभिनेता द्वय श्री मदनकृष्णश्रेष्ठ, श्री हरिवंश आचार्य -महजोडीलाई र चेतनारायण बसुन्धरा भूसालपुरस्कार ५ दशकभन्दा बढी समयदेखि रंगमञ्च तथा चलचित्रमा कार्यरत विशिष्टअभिनेत्री श्रीमतीसकुन्तला शर्मालाई प्रदान गर्ने निर्णय गरेकोछ । प्रत्येक पुरस्कारको रकम एकाउन्न हजार राशीकोरहेको छ । अघिल्लो वर्षको तिनवटै पुरस्कारचलचित्र विकाशबोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारीकोषलाई एक लाखत्रिपन्न हजार प्रदान गरिएको थियो भनि सो फाउण्डेशनका अध्यक्ष बरिष्ठ अभिनेत्री हास्य साम्राज्ञी बसुन्धरा भुसालले जानकारी गराउनु भएको छ ।
Categorized in सिनेमा


