भुसालमाथिको कारबाही सिफारिस अनुमोदन
Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ १, बुधबार
काठमाडौं - मंगलबार बसेको नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाही गर्न पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन गरेको छ ।
पार्टी कार्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले भुसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै यसअघि आयोग सचिवालयको निर्णयलाई अनुमोदन गरेको हो ।
जेठ १८ गते अनुशासन आयोगका अध्यक्ष केशव बडालले सचिवालय बैठक राखेर भुसाललाई पार्टी विधानविपरीत गतिविधि गरेको भन्दै कारबाही गर्न सिफारिस गरेका थिए ।
आयोगले कारबाही सिफारिस अनुमोदन गरेसँगै अब भुसालमाथि कारबाही गर्ने नगर्ने निर्णय केन्द्रीय कमिटीले गर्नेछ ।
Categorized in राजनीति

