STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भूपू सैनिकहरुको नवीकरण र रुजु कार्य शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ६, शुक्रबार

बागलुङमा पेन्सन क्याम्प शुरु भएको छ । विगतका वर्षहरुमा जस्तै चहलपहल नदेखिए पनि भारतीय सेना र विभिन्न संस्थाबाट अवकाश प्राप्त भूपूसैनिकको बागलुङ बजारमा चहलपहल देखिन थालेको छ । प्रत्येक ६ महिनामा हुँदै आएको क्याम्प यस वर्ष १ वर्षको अन्तरालमा बिहीबारदेखि शुरु भएको हो । यसअघिका क्याम्पमा भूतपूर्वहरुले पैसा नै बोकेर जान्थे तर यस पटक भने आफू ज्यूँदै रहेको, पेन्सनरको मृत्यु भएको, परिवारले पाउने पेन्सनको विषयमा जानकारी र मृतकको पेन्सन पट्टा दाखिलाको काम मात्रै हुनेछ । एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकमा खोलिएका खातामार्फत प्रत्येक महिना निवृत्तिभरण पाउनेहरुको खातामै रकम जाने भएकाले पेन्सन क्याम्पमा भूतपूर्वहरुको चाप भए पनि आर्थिक चाप कम देखिएको हो ।े क्याम्प मङ्सिर १३ गतेसम्म चल्ने जिल्ला सैनिक बोर्ड बागलुङका सेक्रेटरी पूर्णबहादुर थापाले जानकारी दिनुभयो । सदरमुकाम बागलुङमा रहेको क्याम्पबाट विगतमा करिब ८० करोड रकम वितरण हुन्थ्यो तर गत बर्षदेखि बैंकको खातामै रकम जम्मा हुने भएकाले यसपालि रकम वितरण भने क्याम्पमा हुनेछैन । सैनिक बोर्डका अनुसार साबिकको धौलागिरि अञ्चलमा आठ हजारभन्दा धेरै पेन्सनर रहेका छन् । केहीले पछिल्लो सयम बैंकबाटै पेन्सन बुझ्ने गरेका छन् । वर्षमा दुई पटक हुने गरेको क्याम्पले चहलपहल बढ्ने गरेको बागलुङ बजारमा यस बर्ष भने सामान्य चहलपहल देखिएको छ । तर क्याम्पमै रकम वितरण हुँदाको जस्तो आर्थिक कारोवार भने नभएको व्यवसायीहरु बताउँछन्् । भारतीय सेना र भारतका विभिन्न सङ्घसंस्थाबाट अवकाश प्राप्त भूपूलाई पेन्सन दिनका लागि हरेक वर्ष नवीकरण गर्ने प्रक्रिया थालिएको छ । बैंक खातामा पेन्सन आउने भए पनि पेन्सनरहरु भने बैंकमा समेत लाइन लाग्ने गरेका छन् । “हरेक अङ्ग्रेजी महिनाको अन्तिम दिन पेन्सन रकम खातामा आउँछ”, थापाले भन्नुभयो, “खातामा रहेको रकम जहिले पनि निकाल्न मिल्छ तर भीडभाड हुने गरेको छ ।” पेन्सन खातामा जम्मा भएको रकममा ब्याजसमेत प्राप्त हुने भए पनि पेन्सनरहरुले नबुझेका कारण बैंकमा भीडभाड हुने गरेको थापाको भनाइ छ ।
Categorized in राष्ट्रिय