STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भूमिसम्बन्धी आठाँै संशोधन विधेयक टेबुल

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ५, बिहिबार

राष्ट्रियसभामा आज ‘भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, २०७५’ टेबुल गरिएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक टेबुल गर्नुभएको हो । हैजा नियन्त्रण गर्न माग राष्ट्रियसभाका सदस्य चक्रप्रसाद स्नेहीले डडेलधुरा जिल्लाको सानखोलालगायत अन्य चार गाउँपालिकामा फैलिएको हैजा नियन्त्रण गर्न केन्द्रीय सरकारसँग माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय माग गर्दै उहाँले हैजाको महामारीबाट पीडित ८३ व्यक्तिको उपचार भइरहे पनि स्वास्थ्य चौकीमा चिकित्सक तथा औषधिको अभावले बिमारीको उपचारमा कठिनाइ हुनाका साथै महामारी फैलिँदै गएकाले हैजा नियन्त्रणका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको होे । उहाँले २१ दरबन्दी रहेको जोगबुढा अस्पतालमा तीन मात्र चिकित्सक रहेकाले तत्काल थप चिकित्सकको व्यवस्था गर्न जोड दिनुभयो ।
Categorized in राष्ट्रिय