भोजपुरमा नेपालभाषा प्रशिक्षण सुरू
Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण ३, मंगलबार
काठमाडौं- आफ्नो भाषा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ भोजपुर सदरमुकाममा तीस दिने नेपालभाषा प्रशिक्षण सुरू भएको छ ।
नेवाः मिसा दबू भोजपुरको आयोजना तथा भोजपुर नगरपालिकाको सहयोगमा सुरू प्रशिक्षणको नगर प्रमुख कैलासकुमार आलेले उद्घाटन गरेका हुन् ।
धर्म, संस्कृति र परम्परा कायम राख्न भाषा पनि जान्नु जरूरी रहेकाले जिल्लामा पनि प्रशिक्षण सुरू गरिएको आयोजक नेवाः मिसा दबू भोजपुर अध्यक्ष अवनी शाक्यले बताउनुभयो ।
प्रशिक्षण साउन १ गतेदेखि भदौ १ गतेसम्म हुनेछ ।
Categorized in राष्ट्रिय

