STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २८, मंगलबार

सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्देश्यले प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ । स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म पर्यटन जागरणका रुपमा भ्रमण वर्ष अभियान सञ्चालनका लागि सम्बन्धित प्रदेशका मुख्यमन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अध्यक्ष रहने गरी ९प्रधानमन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तर०को निर्णयबाट सातै प्रदेशमा भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन गरिएको पर्यटन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । समितिमा सम्बन्धित प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सदस्यसचिव तथा पर्यटनसम्बन्धी निजी क्षेत्रबाट प्रादेशिक कार्यक्रम संयोजक र सदस्यहरू रहने गरी सात वटै प्रदेशमा समिति गठन गरिएको हो । भ्रमण वर्ष अभियान सञ्चालन गर्न क्षेत्रगत तथा विषयगत निकायका अतिरिक्त तहगत सहकार्य एवम् सामञ्जस्यता कायम गरी भ्रमण वर्षसम्बन्धी कार्यक्रम सञ्चालन गर्न प्रदेशको आवश्यकताअनुरुप सदस्यहरु थपघट हुने जनाइएको छ । पर्यटन प्रवद्र्धन समिति अन्तर्गत प्रदेश नं १ मा १७, प्रदेश नं २ मा १९, गण्डकी प्रदेशमा २२, प्रदेश नं ५ मा २६, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १८ सदस्यीय समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । नेपाललाई विश्व पर्यटन बजारमा गुणस्तरीय पर्यटन गन्तव्यका रूपमा विकास र प्रवद्र्धन गर्दै सन् २०२० मा कम्तीमा २० लाख पर्यटक भित्र्याउन, प्रतिपर्यटक खर्च दर बढाउन र पर्यटकको बसाइ अनुभवलाई थप सुखद बनाउन गुणात्मक रूपले सघाउ पु¥याउने उद्देश्यले सरकारले नेपाल भ्रमण वर्ष २०२० अभियान घोषणा गरेको थियो । उक्त अभियानअन्तर्गत विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन भइरहेको छ ।
Categorized in राष्ट्रिय