भ्रष्टाचारको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने : मेयर बालेन
Janjati Khabar – Janjati Khabar | २०८२ जेठ ५, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बैठकमा अनुपस्थित भएकोमा कटाक्ष गरे।
मेयर शाहले फेसबुकमार्फत ुसरी केपी ओलीु भन्दै भ्रष्ट सिस्टमलाई सहयोग गर्न नसक्ने बताए।
गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाहको अनुपस्थिति र ओलीको प्रतिक्रियाले दुई नेताबीचको सम्बन्धलाई फेरि उजागर गरेको छ।
काठमाडौँ । सिंहदरबारमा आयोजित एक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह उपस्थित नभएको भन्दै कटाक्ष गरेपछि शाहले पनि फेसबुकबाटै जवाफ फर्काएका छन् ।
उनले फेसबुकबाट ‘सरी केपी ओली’ भन्दै आफू्ले भ्रष्ट सिस्टमलाई सहयोग गर्न नसक्ने बताएका हुन् । ‘जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा, देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ रु त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने रु’, उनले सोमबार साँझ फेसबुकमा भनेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नदेखिएपछि ओलीले खोजी गरेका थिए । उक्त बैठकमा मेयर शाह सहभागी नभएर उपमेयर सुनिता डंगोल सहभागी थिइन् ।
बैठकमा प्रधानमन्त्रीले बालेन शाहको नाम नलिए पनि यस्ता महत्त्वपूर्ण बैठकमा काठमाडौंकै जनप्रतिनिधि नै अनुपस्थित हुनु राम्रो नभएको भन्दै आगामी बैठकहरूमा उपस्थित हुन निर्देशन दिएका थिए । ओली र शाहबीच लामो समयदेखि आरोप प्रत्यारोप हुँदै आएको छ ।
Categorized in राजनीति

