STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भ्रष्ट्राचारका फाइल खोल्ने विषयमा प्रचण्डलाई लामिछानेकाे आड

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख २९, शुक्रबार

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट्राचारका फाइल खोल्ने विषयमा आड दिएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवासमा वालुवाटारमा पुगेर सभापति रविले प्रधानमन्त्रीलाई भ्रष्ट्राचारको फाइल खोल्न खुट्टा नकमाउन भन्दै आड दिएका हुन् ।

पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेलगत्तै पनि सभापति रविले प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिएका थिए ।

स्रोतका अनुसार आज प्रधानमन्त्रीलाई भेटेरै रविले धन्यवाद दिएका हुन् । उता रवि लामिछानेको सचिवालयले पनि सरकारले भ्रष्टाचारका फाइल खोल्ने हिम्मत गरेको भेटेरै धन्यवाद दिएको बताएको छ ।

त्यस्तै भेटमा भ्रष्टाचारका अन्य फाइलहरु पनि खोल्न सरकारले एक्शन लिनुपर्ने रविले मत राखेका थिए । जसका लागि आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । उता प्रधानमन्त्रीले पनि रास्वपाको साथ मागेको जनाइएको छ।

Categorized in राजनीति