STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मकैको परिकार बेचेर आम्दानी

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ११, बुधबार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सुपरजोन कार्यक्रम लागू भएको भएको दाङको देउखुरी क्षेत्रमा एक कृषकले मकैका विभिन्न परिकार बेचेर मनग्य आम्दानी गर्न थालेका छन् । राप्ती गाउँपालिका–४ पिपरखुट्टीका गोरबहादुर कुमालले मकैको विभिन्न परिकार बेचेर आम्दानी गर्दै आउनुभएको हो । उक्त परियोजनाले मकै उत्पादनका साथै त्यसका परिकार बनाउन प्रोत्साहन गरेकाले जुनकिरी कृषक समूह पिपरखुट्टीको पहलमा आफू यस कार्यमा सम्लग्न हुँदै आएको उहाँले बताउनुभयो । “ अहिले मकैका परिकार बनाएर मनग्य आम्दानी गर्दै आएको छु”, उहाँले भन्नुभयो ‘ उक्त समूहले मलाई मकैका परिकार बनाउन सिकाएको हो ।” कुमालले मकैबाट अहिले सुप, मोमो, पपकर्ण, केक, हलुवा, रोटी , फ्राई चाट, उसिनेको, पोलेको, फ्राई र भुटेको मकै, आटो, ढिडोलगायत परिकार बनाउने गर्नुभएको छ । होटल तथा रेष्टुरेन्टमा पाइने परिकारभन्दा मकैको परिकार धेरै सस्तो रहेको र यसले मधुमेह, ग्याष्टिक, क्यान्सरजस्ता रोगबाट बच्न पनि यस्ता परिकार उत्तम हुनाका साथै बिकाउ पनि हुने उहाँले बताउनुभयो । ती परिकार स्वास्थ्यका लागि उत्तम र स्वादिष्ट हुनेभएकाले धेरै बिक्नाका साथै दैनिक रू एक हजारसम्म कुमालले आम्दानी गर्दै आउनुभएको छ । एक पटक मकैको परिकार खाएपछि ग्राहकहरु पटकपटक आउने गरेको समेत उहाँको भनाइ थियो । ग्राहकले सबैभन्दा बढी मोमो, सुप र फ्राई मन पराउने गरेका छन् । भारतको पञ्जावमा करीब १४ वर्ष कुकको काम गर्नुभएका कुमालले स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ मकैका परिकार बनाएर बेच्न थाल्नुभएको हो ।े मकैका परिकारमात्रै बिक्री गर्ने ठूलो होटेल सञ्चालन गर्ने सोच रहेको उहाँले बताउनुभयो ।
Categorized in बिजनेस