STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मगर चलचित्र निर्माणको २५ वर्ष

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २१, मंगलबार

काठमाडौँ । नेपालको चलचित्र क्षेत्रको लागि राज्यको एकमात्र आधिकरिक विकास चलचित्र विकास बोर्ड अन्तर्गत रहेको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्धन समितिको आयोजनामा धुलिखेलमा भएको तीन दिने कार्यशाला गोष्ठी को समापन समारोहमा चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराईले मगर चलचित्र निर्माणको रजत महोत्सव २५वर्षको लोगो पनि उद्घाटन गर्नु भएको छ । मगर चलचित्र २०५१मा लंघन चलचित्र युवराज मास्की रानामगरको पटकथा लेखन, निर्देशन, संजोग लाफामगरको कथा, राज थापा, नरेन्द्र आले, ईश्वर थापा, तारा थापा आदिको अभिनय रहेको थियो भने डि वि पुलामी मगरको चलचित्रका निर्माता थिए । उक्त चलचित्र नेपाल टेलिभिजनले खरिद र ४ पटक प्रसारण गरेको थियो । त्यसयता मगर भाषा, सस्कृति र विषयमा आधारित कथानक चलचित्र ४५, वृतचित्रहरु करिव २५ र लघुचलचित्र करिव १५ निर्माण भइसकेका छन् भने निर्माणाधिन चलचित्रहरु पनि छन् भन्ने कुरा मगर चलचित्र कर्मि संघ का उपाध्यक्ष मेजन पुनले जानकारी दिए ।
Categorized in सिनेमा