STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मदनदास र कृष्ण मल्ल लगायतलाई हरितारा पुरस्कार

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर १९, शुक्रबार

हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा मंसिर १७ गते बसेको बैठकले २०७५ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट चलचित्रकर्मीं अभिनेता कृष्ण मल्ल र विशिष्ट चलचित्रकर्मी नाट्यकर्मी अभिनेता मदनदाश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । सोही बैठकले २०७६ सालको हरितारा चलचित्र पुरस्कार विशिष्ट गीतकार सहदेव ढुंगानालाई प्रदान गर्ने पनि निर्णय गरेको छ ।

वि.सं. २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफु र आफ्ना पति हरि सम्सेरको नाममा  स्थापना गर्नु भएको हरितार चलचित्र पुरस्कार चलचित्र क्षेत्र कै पहिलो पुरस्कार हो । पुरस्कारको थैली जनही पचीस पचीसहजार  रुपिंया  रहेको छ ।

पुरस्कृत व्यक्तित्वहरुलाई एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिने छ भने  सोही समारोह मा परिवर्तन नेपालले प्रदान गर्ने  वि.सं २०७६ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार संचारकर्मी राजेश खनाल र अभिनेत्री सपना श्रेष्ठलाई दिने गर्ने निर्णय गरेको छ । श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको थैली जनही दश दश हजार रहेको छ । परिवर्तन नेपालले प्रदान गर्ने परिवर्तन सम्मान २०७६ बाट नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका सचिव मोहन पन्त, निर्देशक/अभिनेता विश्वदीप घिमिरे र निर्देशक/अभिनेता, संचारकर्मी माधवराज खरेललाई सम्मानित गर्ने पनि निर्णय गरेको छ ।

पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, डिजाइनर सुन्दर श्रेष्ठ र संचारकर्मी÷गीतकार शान्तिप्रिय रहनु भएको समितिले गरेको हो ।

यस अघि हरितारा चलचित्र पुरस्कार मह जोडी, शिव श्रेष्ठ, विश्व बस्नेत, रविन्द्र खड्का, रमेश बुढाथोकी, भुवन थापा, करिष्मा मानन्धर, शर्मिला मल्ल, रेखा थापा आदिलाई अर्पण गरिसकिएको छ ।

डब्लु एच ओ र नेपाल सरकारको स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर पुषको दोस्रो सातामा दुबै पुरस्कार तथा सम्मान अर्पण गरिने कार्यक्रम रहेको   कुरा   परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष तथा हरितारा चलचित्र पुरस्कार   छनौट समितीका सदस्य सचिव   मोहन निरौलाले जानकारी दिनु भएको छ  ।

Categorized in सिनेमा