STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मधेसमा जनमतबाट मुख्यमन्त्रीको उमेदवार सतिशकुमार

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २४, बिहिबार

काठमाडौं - जनमत पार्टीले सांसद सतिशकुमार सिंहलाई मधेसको मुख्यमन्त्रीको उमेदवार बनाउने निर्णय गरिएको छ । सिंहलाई मुख्यमन्त्रीको उमेदवार बनाउने निर्णय भएको प्रदेश सांसद वसन्तकुमार कुशवाहले जानकारी दिए । 

सिंह सप्तरी २ (१) बाट निर्वाचित सांसद हुन् । जनमतको मधेस प्रदेश संसदीय दलको नेता भने महेशप्रसाद यादव छन् । 

जनता समाजवादी पार्टीका सरोजकुमार यादवले विश्वासको मत नपाएपछि बुधबार पदमुक्त भएका थिए । मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय दिइएको छ ।

केन्द्रीय सत्ता गठबन्धनमा आवद्ध दलको साथ पाएको जनमतले मुख्यमन्त्रीमा बिहीबार नै दाबी पेस गर्नेबारे छलफल भइरहेको बताइएको छ ।

Categorized in राजनीति