STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मध्य पहाडमा पाइने सालक सिरहामा भेटियो

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १३, शुक्रबार

सिरहाको सुखीपुरमा फेला परेको मध्यपहाडी क्षेत्रमा मात्र पाइने अनौठो जनावर सालक वन कार्यालयको जिम्मा लगाइएको छ । सुखीपुर नगरपालिका–१० निवासी कारी साहको करेसाबारीमा बिहीबार साँझ फेला परेको सालक डिभिजन वन कार्यालय लहानलाई जिम्मा लगाएको हो । झट्ट हेर्दा यो जीव अनौठो र तराई मधेशमा कहिले नदेखिएको र कसैलाई नाम पनि थाहा नभएको सो जनावर रौँ हेर्दा गोहीजस्तो देखिन्छ । उक्त जनावर सालक भएको डिभिजन वन कार्यालय सिरहा लहानका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले बताउनुभयो । बिक्रीका लागि प्रतिबन्धित सो सालक बहुमूल्य मानिन्छ । नगरपालिका अगाडि बम फेला अज्ञात समूहले सिरहाको धनगढीमाई नगरपालिका अगाडि राखेको बम आज बिहान फेला पारेको छ । रातो झोलामा बम राखिएको अवस्थामा स्थानीयवासीले देखेपछि बिहान प्रहरीलाई खबर गरेको थियो । बम राखिएको खबर पाएपछि चोहर्वास्थित शेर गणबाट आएको नेपाली सेनाको प्राविधिक टोलीले बम निष्क्रिय पारेको प्रहरीले जनाएको छ । बम कसले र कतिबेला राखेको विषयमा केही खुल्न सकेको छैन ।
Categorized in राष्ट्रिय