STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मनाइयो पाँचौं राष्ट्रिय झण्डा दिवस

Janjati Khabar – Janjati Khabar | २०७९ पौष १, शुक्रबार

काठमाडौं - राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाउने गरिन्छ ।

शुक्रबार देशैभर विभिन्न कार्याक्रम आयोजना गरि पाँचौ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाउने गरिन्छ ।

सन् १९६२ डिसेम्बर १६ मा अन्तराष्ट्रिय रुपमा नेपालको राष्ट्रिय झण्डाको स्थापना भएको थियो । ०७५ सालमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले दिवसका रुपमा मनाउन सुरु गरेको हो ।

नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेका भन्दै सचेतना फैलाउन अभियान स्वरुप दिवस मनाउन थालिएको राष्ट्रिय झण्डा दिवसका संस्थापकहरुको भनाइ छ । राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्ने उनिहरुको भनाइ छ ।

नेपालको झण्डा दुई त्रिकोण एक माथि अर्को मिलेर बनेको छ । माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य रहेको छ । चन्द्रमालाई मन र बुद्धिको प्रतीक तथो सूर्यलाई ऊर्जा र पौरखको प्रतिविम्ब रुपमा लिइने गरिन्छ ।

झण्डामा निलो किनारालाई शान्तिको प्रतिकको राष्ट्रिय झण्डाको सुर्यमा बाह्र वटा र अर्धचन्द्रमा आठ वटा कोणलाई समाबेश गरिएको छ जसको महत्व ज्योतिषशास्त्रिसँग जोजिएको झण्डा दिवसका संस्थापकहरुको भनाइ छ ।

राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय हो । तर वुझेर वा नवुझेर झण्डाको दुपयोग समेत हुने गरेको छ । यस्तो विषयमा सरकारी निकायहरु सचेत बन्नुपर्छ ।

Categorized in राष्ट्रिय