STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मनाङमा जनसंख्याभन्दा मतदाता धेरै

Janjati Khabar – Janjati Khabar | २०७८ माघ १४, शुक्रबार

माघ १३, काठमाडौं (रासस)- केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसंख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको  तथ्याङ्क विसं २०७४ को मतदाताको संख्याभन्दा कम  देखिएको छ । 

२०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसंख्या थियो ।  १० वर्षपछि जनसंख्या ३५५ ले घटेको देखिएको छ । उक्त  तथ्याङ्कअनुसार जिल्लाको जनसंख्याभन्दा मतदाता संख्या भने बढी देखिएको छ  ।  २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता संख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता छन् । अहिले सार्वजनिक भएको जनसङ्ख्या भन्दा ९६७ संख्याले मतदाता बढी रहेको देखिएको छ । 

मतदाता संख्याभन्दा जनसंख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले सङ्कलन गरेकामध्ये कुन चाहीँ तथ्याङ्क सही भनेर पहिचान गर्न मुस्किल भएको छ । जनगणनाअनुसार नार्पाभूिम गाउँपालिकामा ४४२ अर्थात  सबैभन्दा कम जनसंख्या रहेको छ । 

प्रारम्भिक जनगणना पहिलो चरणमा  गत भदौ ३० देखि असोज १८सम्म  र दोस्रो चरणमा गत कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो । 

Categorized in राष्ट्रिय