मनिषा कोइरालाको 'महामृत्युंजय मंत्र' सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण २७, बिहिबार
बलिउड कि ख्यातिप्राप्त अभिनेत्री तथा लेखक मनिषा कोइरालाको स्वर रहेको 'महामृत्युंजय मंत्र' महाशिवरात्रीको अवसरमा सार्वजनिक गर्नु भएको छ ।
आज विहिबार सार्वजनिक गरिएको महामृत्युंजय मन्त्रमा अभिनेत्री मनिषासँगै सुरेन्द्र श्रेष्ठ (सुर-सुधा) र सरस्वती खत्रीको स्वर रहेको छ । परम्परागत शब्दमा तयार गरिएको महामृत्युंजयमा संस्कृत शब्द छन् ।
यो महामृत्युंजय सुरेन्द्र श्रेष्ठले कम्पोज गर्नु भएको हो भने राजीव श्रेष्ठको सितार, प्रेम रानाको बाँसुरी र बिकास सिंहको गितार वादन महामृत्युंजयमा रहेको छ ।
मानव जातिलाई अस्वाभाविक मृत्युबाट बचाउन र राम्रो स्वास्थ्यको लागि यो मन्त्र तयार गरिएको कुरा गायिका मनिषाले जानकारी दिनु भएको छ भने उहाँले यसलाई पश्चिमी र पूर्वी संगीतमा एरेञ्ज गरेका हौँ भनेर भन्नु भएको छ ।
दीप तुलाधरले रेकर्ड गर्नु भएको यस मन्त्रको भिडियो श्री पशुपतिनाथ मन्दिरको परिसरमा र पाटन दरबार क्षेत्रमा छायाँकन गरिएको हो । टाइम्स म्युजिक स्प्रीचुअल युट्युब च्यानलबाट सार्वजनिक मन्त्रको भिडियो निर्देशन र सम्पादन अनुप सापकोटाले गर्नु भएको हो भने उज्ज्वल जोशी र जावेद खानले यो मन्त्र छायांकन गर्नु भएको हो ।
Categorized in साहित्य-कला

