STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ - राजीनामा दिँदैन, ३० दिनभित्र विश्वासको मत लिने

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ २०, बिहिबार

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने तयारी गरेका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले कानुनी प्रावधानअनुसार आफूले संसदबाट विश्वासको मत लिने जानकारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्। 

प्रधानमन्त्रीको ब्रिफिङ सुनाउँदै उनले भनिन्, 'सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन। संवैधानिक प्रावधानअनुसार संसद फेस गर्नुहुन्छ। राजीनामा दिने त्यस्तो केही कुरा छैन।' उनले संसदबाट विश्वासको मत लिने मिति तय नभए पनि सकेसम्म छिट्टै विश्वास मत लिने बताइन्। 

कांग्रेस-एमालेले राष्ट्रिय सहमतिको सरकार बनाउने घोषणा गरेसँगै दाहाल नेतृत्वको सरकार संकटमा पुगेको हो। सत्ता साझेदार दल एमालेले त हिजै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। एमालेका ८ जना मन्त्रीले पनि बुधबारै राजीनामा दिइसकेका छन्।

कांग्रेस-एमाले दुवै पार्टीले प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएको छ। एमाले महासचिव शंकर पोखरेलले बिहीबार विज्ञप्ति जारी गरेर दीर्घकालीन असर पर्ने निर्णय नगर्न दाहाल नेतृत्वको सरकारलाई आग्रहसमेत गरेका छन्।

Categorized in राजनीति