STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मन्त्री बडूकाे असंसदीय शब्द रेकर्डबाट हटाइने

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १३, शुक्रबार

काठमाडौं - उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले संसद बैठकका बोलेका असंसदीय भाषा संसदको रकेर्डबाट हटाउने सहमतिपछि प्रतिनिधिसभाको बैठक सहज रुपमा अघि बढेको छ ।

सभामुख अग्नि सापकोटाले एमालेको मागबमोजिम मन्त्रीले बोलेका शब्दहरुलाई रेकर्डबाट हटाउन रुलिङ गर्ने सहमतिपछि बैठक सञ्चालनमा सहमति भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

एमालेको नियमापत्तीपछि सभामुखले १५ मिनेटलाई रोकेको बैठक लामो वार्ता र संवादपछि सहज रुपमा अघि बढ्ने भएको हो ।

Categorized in राजनीति