मलाई पस्न नदिए पनि पानी चाहिँ नरोक्नु : प्रधानमन्त्री
Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २०, बिहिबार
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधी भनेर रोकेपनि सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पानी नरोक्न आग्रह गरेका छन् ।
बिहीबार आयोजनाको शिलान्यास गरेका प्रधानमन्त्री ओलीले मञ्चमा रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भने, ‘म मुख्यमन्त्रीमार्फत तराई मधेसमा खबर पठाउन चाहन्छ, मधेसमा केपी ओलीलाई पस्न नदिए हुन्छ, तर पानी पस्न नरोक्नु होला ।’
विगतमा केपी ओली मधेस विरोधी भनेर मधेसमा पस्न नदिने भन्दै उनले केपी ओली नपेसपनि पानी पठाउन लागेको बताए ।
Categorized in राजनीति

