STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मलेसियालाई हराउँदै नेपालले जित्यो महिला टी-२० शृंखला

Janjati Khabar – Janjati Khabar | २०८२ आश्विन २३, बिहिबार

काठमाडौं - अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालले महिला टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ।

पाँच खेलको सिरिजअन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो। 

योसँगै नेपालले ३.२ ले सिरिज जितेको हो। मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गर्‍यो। 

यसअघि नेपाल दोस्रो र चौथो खेलमा ६ विकेटले विजयी भएको थियो। पहिलो खेलमा भने नेपाल ३ रन र तेस्रो खेलमा १३ रनले मलेसियासँग हारेको थियो।

Categorized in राष्ट्रिय