STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महराको थुनामुक्तबारे सदनलाई जानकारी

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ६, मंगलबार

प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त हुनुभएको जानकारी गराइएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराउनुभएको हो । बैठकलाई जानकारी दिइएपछि सांसद महराको निलम्बन फुकुवा भएको छ । तत्कालीन सभामुख महराले सो प्रकरणपछि सभामुख पदबाट महरलाई पक्राउ पुर्जी जारी भएका बारे महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरको गत असोज १९ गते संसद्लाई पत्राचार गरेपछि उहाँ निलम्बित हुनुभएको थियो ।
Categorized in राष्ट्रिय