महाअभियोग लोकतन्त्रविरुद्धको गम्भीर षडयन्त्र : एमाले
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण २, सोमबार
फागुन २, काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग लोकतन्त्रविरुद्धको गम्भीर षडयन्त्र भएको निष्कर्ष निकालेको छ ।
महाअभियोग दर्ता भएपछि एमालेले आकस्मिक रूपमा सचिवालयको बैठक बोलाएको थियो । अध्यक्ष केपी ओली निवास बालकोटमा उक्त बैठक बसेको थियो ।
बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको आरोप लगाएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि गरेको भन्दै महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको जानकारी दिए ।
सोमबार बस्ने संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्ने सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने पनि उनले बताए ।
Categorized in राजनीति

