STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महामूर्ख मेयर साह, पटमूर्ख ऋषि धमला !

Janjati Khabar – Janjati Khabar | २०७९ फाल्गुण २३, मंगलबार

काठमाडौं -यस वर्षको महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई प्रदान गरिएको छ ।

होली पर्वको अवसरमा मिथिला नाटयकला परिषद (मिनाप)ले प्रत्येक वर्ष मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सव अन्तर्गत आज (मङ्गलबार ) महामुर्ख सम्मेलनमा यस वर्षको महामूर्खको उपाधि मेयर साहलाई प्रदान गरिएको हो । मधेस प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनिता यादवले उल्लु स्वरूपको टोपी र परवलको मालासहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यस वर्षको पटमूर्खको उपाधि सञ्चारकर्मी ऋषि धमलालाई प्रदान गरिएको छ । मंगलबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा धमलालालाई पटमूर्खको उपाधि दिइएको हो ।

साथै समाजका लागि विभिन्न क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तिलाई पनि विभिन्न शीर्षकको मूर्खको उपाधिले सम्मानित गरिएको छ ।

विभिन्न शीर्षकमा मूर्खको उपाधि पाउने विशिष्ट रत्नेश्वर लाल कर्ण (डपौर शङ्ख), महोत्तरी मठिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल (वैशाखानन्दन), नेत्री विभा ठाकुर (गणपसारी), वन कर्मचारी लालबाबु यादव (हराशङ्ख), अधिवक्ता रेखा झा (सिलौट शङ्कर), याज्ञवल्क्य विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झा (खपसुरत), खेलाडी अरुण लाल (बज्रशङ्ख), व्यवसायी बलराम साह (ब्रजशङ्ख), पत्रकार वीरेन्द्र रमण (सोटाचन्थ), कवयत्री किरण झा ‘रश्मी’ (टुनमुसरी) तथा मोनाष्टिक स्कुलका सञ्चालक डा.सोनु साह (बज्रकिट) रहेका छन् ।

सबै मूर्ख उपाधि पाउनेलाई भिन्डी, भन्टा, आलु, खुर्सानी, केसौर, कटहरसहितको माला लगाएर सम्मान गरिएको थियो । सो समारोहमा विभिन्न कवि तथा साहित्यकारले कविता, होली तथा जोगिरा प्रस्तुत गरेका थिए ।

Categorized in राष्ट्रिय