STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र ३०, बिहिबार

काठमाडौं - उद्योग वाणिज्य महासङ्घको उपाध्यक्षमा हेमराज ढकाल, सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ विजयी भएका छन् ।

बुधबार बिहान १० बजेदेखि भएको मतदान बेलुका ६ बजे सकिएको थियो । बेलुका ८ बजेदेखि सुरु भएको मतदानअनुसार ढकाल, वैद्य र विजयी भएका हुन् ।

महासंघको जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलका सुरकृष्ण वैद्य विजयी भएका छन् ।

त्रिपक्षीय प्रतिस्पर्धामा वैद्य ४३ मत ल्याएर विजयी भएका हुन् । यस्तै, अरुणराज सुमार्गीले ३७ तथा दिनेश श्रेष्ठले ३४ मत ल्याए ।

दिनेश श्रेष्ठ अहिलेको जिल्ला नगर उपाध्यक्ष हुन् । उनले लगातार तीन कार्यकालसम्म जिल्ला नगर उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । अरुणराज सुमार्गी अन्जन श्रेष्ठ र दिनेश श्रेष्ठ उमेशलाल प्यानलबाट लडेका थिए ।

वस्तुगत समूहको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् । उनी उमेशलाल श्रेष्ठको प्यानलबाट चुनाव लडेका थिए । उनले ६१ मत ल्याएर वियजी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ मत ल्याए । तेस्रो सुकुन्तलाल हिराचनले सात मत ल्याए । प्रधान अञ्जन श्रेष्ठको प्यानलबाट र हिराचन रामचन्द्र संघाईको प्यानलबाट प्रत्यासी थिए ।

जिल्ला नगरतर्फ उमेशलाल श्रेष्ठको बर्चस्व देखिएको छ । उमेशलाल समूहबाट निर्वाचित सदस्यमा अब्दुल बाहिद मन्सुर, अमरेश चन्द्र बैदार, उज्जव प्रसाद कसजु, उमेश डालमिया, कल्पना गैरे, किरोश कुरमार आचार्य, केशव प्रसाद भण्डारी, गोकुल श्रेष्ठ, ताराबहादुर कार्की, निरक केसी, प्रयास कार्की, मन्जु कुमार श्रेष्ठ, मोहन प्रसाद श्रेष्ठ विजयी भएका छन् ।

त्यस्तै अन्जन श्रेष्ठको समुहबाट विजयी हुने सदस्यहरुमा अनिलकृष्ण श्रेष्ठ, कृष्ण कटवाल, नविन रिजाल, पुष्पराज कुँवर र बेदबहादुर श्रेष्ठ छन् ।

Categorized in बिजनेस