STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महिला अधिकार मञ्चमा रिमाल

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १३, शुक्रबार

राष्ट्रिय महिला अधिकार मञ्च प्रदेश नं ३ समितिको अध्यक्षमा मेनुका रिमाल चयन हुनुभएको छ । आज हेटौँडामा भएको प्रदेश भेलाले रिमालको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको होे । सो समितिको उपाध्यक्षमा जानुका विक ९काभ्रे०, कोषाध्यक्षमा रजिना सुनुवार दोलखा, सचिवमा सीता पुलामी मकवानपुर र सहसचिवमा रोशनी लामा सिन्धुपाल्चोक तथा सदस्यमा मीठू मोक्तान रसुवा, लक्ष्मी मगर सिन्धुली, गीता बस्नेत नुवाकोट र विष्णु खनाल ललितपुर निर्वाचित हुनुभएको सो समितिले जनाएको छ । ग्रामीण महिला नीतिबारे अन्तरक्रिया ग्रामीण महिला नीतिबारे प्रदेशस्तरीय सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आजदेखि हेटौँडामा शुरु भएको छ । दुई दिनसम्म चल्ने अन्तरक्रियामा सहभागी हुन ३ नम्बर प्रदेशको विभिन्न जिल्लाका प्रतिनिधि सहभागी भएका छन् । मकवानपुर जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीले अन्तरक्रिया शुभाररम्भ गर्दै महिलाको अर्थपूर्ण सहभागिताका लागि पुरुषको सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । महिलाको सामाजिक तथा राजनीतिक भूमिका अझ प्रभावकारी बनाउन पुरुषको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामाले प्रविधि भित्र्ययाएर घरायसी कामको बोझ कम गरी महिलाको सशक्तीकरणमा जोड दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । राष्ट्रिय महिला आयोगका उपसचिव मीरा शेरचन र प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयका चन्द्रकुमारी ब्यान्जनकारले महिला अधिकारका विविध विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको सो कार्यक्रममा विभिन्न महिला अधिकार मञ्चका पदाधिकारीको सहभागिता थियो थियो । एक्सन एड नेपाल र आइरिस एडको सहयोग तथा प्रेरणा र राष्ट्रिय महिला अधिकार मञ्चको समन्वयमा राष्ट्रिय महिला आयोगले कार्यक्रमको आयोजना गरेको हो ।
Categorized in राष्ट्रिय